खम्म बहादुर खाती महान्यायाधिवक्ता नियुक्त

महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता खातीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुनुहुन्छ ।


ताजा खबर