नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकका सहभागीको बिदाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज बिदाइ भेट गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक  समारोहमा राष्ट्रपति भण्डारीले ३२औँ गृष्मकालिन ओलम्पिक खेलमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ भेट गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेलमा सहभागी हुने टोलीनेता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

ओलम्पिक खेलमा भाग लिने खेलाडीहरूले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने आशा राष्ट्रपतिले व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “विश्वस्तरीय प्रतिस्पर्धा हुने ओलम्पिक खेलमा नेपालको सहभागिताबाट हाम्रो खेलको स्तर अभिवृद्धि गर्नका निम्ति ठूलो अनुभव र अवसर प्राप्त हुन्छ । यस खेलको अन्तर्राष्ट्रिय जगतले सुक्ष्म अवलोकन तथा विश्लेषण गर्ने हुनाले स्थापित नियमहरूको पालना गर्दै अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुँदा खेलाडीहरूले राष्ट्रको गरिमालाई माथि उठाउन सक्छन् ।”

नेपालले खेलकूदका क्षेत्रमा थप प्रगति गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले आगामी खेलको विकासका लागि दत्तचित्त रहन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनुभयो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ तथा सचिव माननीय तुलसा थापा, युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, वरिष्ठ खेल अधिकारीका साथै प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको उपस्थिति रहेको थियो ।


ताजा खबर