नेपाली काँग्रेसका पदाधिकारीको बैठक आज

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक भोलि बस्ने भएको छ । बैठक आज दिउँसो २ बजे बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने मुख्य सचिव पौडेलले बताउनुभयो ।

साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिए भोलिको पदाधिकारी बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । –रासस


ताजा खबर