भारतमा ३६ करोडभन्दा बढी ब्यक्तिले कोरोनाभाइरस बिरुद्धको खोप लगाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार साँझसम्म ३६ करोड नौ लाख ५६ हजार ६२१ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।
मंगलबार मात्रै भारतमा ३२ लाख ४० हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । मन्त्रालयले १६ लाख ८२५ जनाले पहिलो डोज लिएका छन् । एक नौ हजार ९१३ जनाले दोस्रो डोज लिएका छन् ।
१८ देखि ४४ वर्ष उमेर समूहकालाई दोस्रो डोज दिइएको छ । दश लाख ४५ हजार २४ हजार २४० जना सोही उमेर समूहकालाई पहिलो डोज दिइएको छ । हालसम्म ३० लाख ४२ हजार ३०२ जनाले तेस्रो चरणको खोप अभियान अन्तगर्त दोस्रो डोज लिएका छन् । –एएनआई