२ हजार ७ सय ६० जनामा कोरोना पुष्टिः ३३ जनाको मृत्यु

देशभर कोरोना भाइरसबाट २ हजार ७ सय ६० जना संक्रमित भएका छन् । 

७ हजार १ सय  ३० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८ सय ५७ जना तथा ३ हजार ८ सय ५५ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३ जना गरी जम्मा २ हजार ७ सय ६० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनबाट गएको २४ घण्टामा ४ हजार १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ६ लाख १ सय ४९ जना निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विहिवारसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

विहिवार कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार १ सय  ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर