भारतमा कोरोनाभाइरसका ४९ हजार भन्दाबढी सङ्क्रमित थपिए

भारतमा गत २४ घण्टामा कोरोनाभाइरसका ४९ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार ५८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । –रासस/एएनआई


ताजा खबर