पार्टिलाई जेठ २ को स्थितिमा फर्काउने एमालेको निर्णय

सत्तारुढ नेकपा एमाले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो ।


ताजा खबर