आज ४ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त

थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

आज देशभर कोरोना भाइरसबाट २ हजार ६ सय ३६ जना संक्रमित भएका छन् । 

७ हजार २ सय  ५९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २८ जना तथा ४ हजार ४ सय ८९ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जना गरी जम्मा २ हजार ६ सय ३६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा ४ हजार ३ सय ४८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ९२ हजार ५ सय ३५ जना निको भएका छन् । 

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

देशभरि आज कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर