माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ सचेतना ‘स्मार्ट माया’

माछापुच्छ्रे बैंकले वेभसिरिज ‘स्मार्ट माया’ तयार गरेको छ। क्रेडिटबारे जानकारी गराउने उद्देश्यले जनचेतनामुलक भिडियो सामाग्री तयार गरिएको हो। 

डिजिटल बैंकिङ सेवाबारे जानकारी गराउन पहिलो पटक सिरिज तयार गरिएको बैंकले जनाएको छ। 

पहिलो सिजनमा पाँचवटा श्रृङ्खला रहेको सिरिजको पहिलो र दोस्रो भाग यसअघि नै रिलिज भइसकेको छ।

रिलिज भएको २४ घण्टा भित्रै एक लाखभन्दा बढी दर्शकले उक्त भिडियो हेरिसकेका छन्। 

बाँकी भागहरु पनि चाँडै रिलिज गर्ने तयारीमा रहेको बैंकको भनाइ छ।


ताजा खबर