देशभर ३ हजार ८ सय ५३ जना कोरोना संक्रमण मुक्त

थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

 आज देशभर कोरोना भाइरसबाट २ हजार ४ सय ४४ जना संक्रमित भएका छन् । 

६ हजार ६ सय  ४८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ९ जना तथा ४ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जना गरी जम्मा २ हजार ४ सय ४४ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा ३ हजार ८ सय ५३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ८८ हजार १ सय ८७ जना निको भएका छन् । 

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९२ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

देश भरी आज कोरोना सङ्क्रमणबाट ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर