देशका अधिकांश स्थानमा आज पनि वर्षा जारी रहने

 मनसुनी वायुको प्रभावका कारण देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मनसुनी न्युन चापीय रेखा देशको दक्षिणी भू-भाग नजिक रहेकोले आज पनि वर्षा जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थोरै स्थानहरुमा भोलीसम्म मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मुख्यगरी प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्णरुपमा बदली हुने जनाएको छ ।

ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ । –रासस


ताजा खबर