थप २ हजार १६ जनामा कोरोना संक्रमण

नेपालमा आज थप २ हजार १६ जना कोरोना भाइरस संक्रमित भएका छन् । 


आज पिसिआर परीक्षणबाट १ हजार १ सय ७४ जना तथा एन्टिजेन परीक्षणबाट ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ४ हजार ७ सय ४ वटा नमुनाको पिसिआर तथा ४ सय ८ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको छ । 

कोरोना भाइरस सङ्क्रमणबाट आज ४ हजार ९ सय १४ जना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको छ । यस्तै कोरोना सङ्क्रमणका कारण आज ३० जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण ८ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ ।


ताजा खबर