नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु तलबी गोठाला हुन्’

रघु मैनाली

त्रिवि शिक्षण अस्पताल : कोरोना विरामी माथि सेतो अपराधको दर्दनाक कथा

जीवन कै भयानक निराशापूर्ण क्षण । त्रिवि शिक्षण अस्पतालमा कोरोना विरामी र आफन्तहरुसंग पीडाले भरिएका चित्कार छन् । अस्पतालमा यी चित्कार सुनीदिनेसम्म पनि त्यहाँ कोही छैनन् र आतङ्कले भरिएको चकमन्नतामा त्यसै हराउँछन् । आफ्नो प्राण डाक्टरको दयामा छोड्न बाध्य र डाक्टरका विरुद्धमा कुनै फिराद गर्न नसक्ने अभागी कोरोना विरामी र उनीहरुका विक्षिप्त आफन्तहरु छन् । र, यहाँ यमराजको इच्छा अनुसार काम गर्न उद्यत्त दुराचारीहरु सेतो एप्रोन लगाएर बसेका छन् ।

यावत सबुतका आधारमा अब निर्धक्क भन्नु पर्नेहुन्छ – त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु केवल तलबी गोठाला मात्र हुन । तलबी गोठालाहरु मालिकको आँखा छल्नुमा नै आफ्नो धर्म र बुद्धिमानी ठान्छन् । त्यसैले तलवी गोठाला र सच्चा स्वास्थ्यकर्मीबीच तुलना हुनसक्तैन । मलाई विश्वास छ– सच्चा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा कर्तव्य मात्र होइन मानव करुणाको कठोर सङ्कल्प हो । आस्तिकहरुको भाषा सापट लिदैं म दोहो¥याएर भन्छु– सच्चा डाक्टर र नर्सहरु सेतो भेषमा जनकल्याणका लागि अस्पतालमा अवतरित देवी, देवता हुन । शास्त्रका अनुसार देवी देवताका ठिमाहा सन्तान भनेका पिचास हुन्छन् । यी डाक्टरहरुको हर्कत हेर्दा त्रिवि शिक्षण अस्पतालमा चाहिँ देवी देवता होइन, नरपिचासहरुले सेतो भेष धारण गरेका छन् भन्न लाचार छु ।

थालनीमै म कोरोना संक्रमितको उपचार गर्दागर्दै नेपालमा वीरगति प्राप्त गर्ने झण्डै चालिस जना डाक्टर तथा नर्सहरुप्रति सअश्रु श्रद्धाञ्जली अर्पण गर्छु । कोरोना महाभारीको यो विभत्स समयमा अनुपम र प्रशंसनीय कार्य गर्नुहुने थुप्रै डाक्टर तथा नर्सहरु हुनुहुन्छ, जसको नाम सुन्दा मात्र पनि एकाएक श्रद्धाले शिर झुक्छ । यस्तो बेला स्वास्थ्यकर्मीहरुको मनोवल बढाउनु मेरो कर्तव्य पनि हो । तर म यहाँ जे लेख्दैछु यसबारे सुरुमै ती सारा असल र होनहार स्वास्थ्यकर्मीहरुसंग करजोडी क्षमा माग्दछु । र, डाक्टर हुनुको सामान्य मर्यादा पनि नभएकाहरुको चाहिँ मनोवल चकानाचुर होस् भनी भगिरथ प्रयास गर्नेछु । ख्याल रहोस्, मनको आवाज सधैं प्रतिज्ञा बन्छ ।

म यहाँ जे भन्दै छु तपाईलाई विश्वास गर्न त के सुन्दा पनि अतिरञ्जना लाग्न सक्छ । तर नाङ्गो सत्य यही हो । अस्पतालको कुरुप अनुहार देख्न नसकेर म त्रिवि शिक्षण अस्पतालको यो प्रतिविम्ब जस्ताको तस्तै सार्वजनिक गर्दैछु । सेतो एप्रोनले खुनी अनुहार ढाक्न सक्तनै र ढाक्न दिनु हुँदैन भनेर पनि म तपाईहरु समक्ष यहाँ खाँटी सबुतहरु पेश गर्दैछु ।

पहिलो, परिस्थितिजन्य सबुत । त्रिवि शिक्षण अस्पतालमा १२ जना कोभिडका विरामी राख्ने क्षमता भएको वार्डमा ५० जनाभन्दा बढीको भीड सधैं भइरहन्छ । विरामी कुरुवाहरुको कोभिड परिक्षण गर्नु त परैजावस् आउने र जानेको कुनै टुङ्गो हुँदैन । समग्र शिक्षण अस्पताल नै कालिमाटीको तरकारी बजार वा तराईको साप्ताहिक हटियाभन्दा बढी कोलाहालपूर्ण छ । शहर र टोलमा लकडाउन गर्न सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले शिक्षण अस्पतालमा यो भीड कायम गर्नुलाई उचित नै ठानेको हुनुपर्छ । त्यसैले त यतिका क्षति हुँदा पनि कुनै पहल कहिल्यै गरेन । मलाई लाग्छ शिक्षण अस्पताल अनगिन्ती मानिसमा कोराना फैलाउने केन्द्रविन्दु (इपिसेन्टर) बनेको छ । यो अपराधका विरुद्धमा किटानी जाहेरी हाल्ने ठाउँ कहीँकतै छैन, अपराधबाट पूर्ण उन्मुक्ति छ, घोर दण्डहिनता व्याप्त छ । तर विडम्बना ! नेपालको संविधानमा चाहिँ लेखिएको छ– स्वास्थ्य सम्पूर्ण नेपालीको मौलिक हक हो ।

दोस्रो, निर्लज्ज जालसाजीको कहालीलाग्दो सबुत । संयुक्त राज्य अमेरिकाको तथ्याङ्क हेर्ने हो भने अस्पताल भर्ना भएका विरामीको मृत्यूदर ३५ प्रतिसतभन्दा कम रहेको छ । नेपालका केही अस्पतालहरुको तथ्याङ्क हेर्दा अस्पताल भर्ना भएका विरामीको मृत्यू दर ६० प्रतिसत छ । त्रिवि शिक्षण यसबारेमा तथ्य बताउँन चाँहदैन तर अस्पतालमा भर्ना भएका कोराना संक्रमितको मृत्यूदर लगभग ९५ प्रतिसत रहेको अनुमान छ । यसको अर्थ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक सय जना कोभिड विरामीमाध्ये ९५ जनाको मृत्यू भइरहेछ । मृत्यू हुनेको दर कहालीलाग्दो देखिएपछि अहिले त्रिवि शिक्षण अस्पतालले संरचनागत रुपमा नै जालसाजी शुरु गरेको छ । उसले निको हुने विरामीको संख्या बढाउन उपचारमा सुधार ल्याउने प्रयत्न गर्नुको बदला वार्डमा भर्ना भएको विरामी क्याविनमा सर्दा डिस्चार्ज गर्ने प्रथा बसालेको छ र विरामी सिकित्त भएपछि अस्पतालले गर्न सक्ने अब अरु केही छैन घर लैजानुभए हुन्छ भनी डिस्चार्ज गर्न प्रेरित गर्ने जस्ता कुटिल चाल सुरु गरेको छ । यसले पनि त्रिवि शिक्षण अस्पतालका डाक्टर मात्र नभएर सिङ्गो अस्पताल व्यवस्थापन नै विरामीको स्वास्थ्यमाथि रणचण्डी बनेर ताण्डब मच्चाइरहेछ भन्ने कुरालाई सपाट चित्रण गर्छ । चोरका हजार दाउ भने झैं उनीहरु पनि नयाँ नयाँ दाउ खोज्नपट्टि तल्लीन छन् ।

तेस्रो, अधम र चरम हेलचेक्र्याइँको सबुत । विरामीलाई दिइने अक्सिजनको फ्लो मिटरमा ‘डिस्टिल वाटर’ हाल्नु स्वास्थ्य विज्ञानको अनिवार्य शर्त हो । सामान्य पानीमा जीवाणुहरु हुने हुँदा ती जीवणुका कारण निमोनिया हुने खतरा रहन्छ भनेर फोक्सोमा सोझै पठाइने अक्सिजनको फ्लो मिटरमा ‘डिस्टिल वाटर’ हाल्नु पर्ने मान्यता र अभ्यास छ । निमोनियाको अभूतपूर्व खतरा निम्त्याउने कोरोनाबाट पीडित विरामीलाई त्रिवि शिक्षण अस्पतालमा अक्सिजन दिदाँ अक्सिजनको फ्लो मिटरमा साधारण पानी हाल्ने काम गरिरहेका छन् । विरामी ट्वाइलेट जाँदा प्रयोग गर्ने अक्सिजन सिलिण्डरको फ्लो मिटरमा पानी नै नराख्ने र पानी किन नराखेको भनी सोध्दा केहीबेरलाई त हो चाहिँदैन भन्ने जवाफ दिनेगर्छन् ।

थुप्रै डाक्टर र नर्सहरुको सङ्गतबाट मैले थाहा पाएको ज्ञान चाहिँ सुख्खा अक्सिजन सोझै पढाउँदा फोक्सोलाई केही क्षणमै कक्रक्याउँछ भन्ने थियो । अझ कोभिड जस्तो खतरनाक निमोनिया गराउने विरामीको उपचारमा स्वास्थ्य विज्ञान पढेर जनताको करबाट तलव खानेहरुको यस्तो असंवेदनशील हर्कत कति घातक हुन्छ भन्ने कुराको थप व्याख्या गर्नुपर्ने जरुरत नै पर्दैन ।

चौंथो, भुक्तभोगी र साक्षी प्रमाङ्गी सबुत । शिक्षण अस्पतालमा काभ्रेका कोरोना संक्रमित राम उप्रेतीलाई पनि दुखान्त नियति भोग्न हालसालै बाध्य पारियो । विरामीका काका वरिष्ठ पत्रकार लक्षण उप्रेती भन्नुहुन्छ– “जीउने सनातनी आशा लिएर त्रिवि शिक्षण अस्पताल पुगेका रामको सामान्य परिक्षण समेत गरिएन । डाक्टरहरुको काम केवल अक्सिजनको मात्रा दिनैपिच्छे बढाउने र स्टेरोइड दिने मात्र भयो ।” ४३ वर्षको उमेरका लक्काजवान उप्रेतीले दुई हप्तासम्म शिक्षण अस्पतालमा डाक्टरका सामु प्राणको भिख मागिरहे । करुणा र सेवाभाव भन्ने यस्तो गुण हो जुन सच्चा डाक्टरको भावनाबाट कहिल्यै अलग्याउनै सकिदैन्थ्यो । तर करुणा र परोपकारको भावनानै नपलाएका ती ‘डाक्टरी हृदय’ले उनको चित्कार सुन्ने कुरै भएन । १६ दिनका दिन उनी सम्पूर्ण रुपमा हारे र आफन्तहरु माझ पीडादायी स्मृति छोडेर यी डाक्टरको अनुहार कहिल्यै नहेर्ने बाचा सहित धर्तीबाटै अलप भए ।

पाँचौं, पीडित हृदयको कारुणिक वकपत्र । मेरा दाजु गुरुप्रसाद मैनालीलाई अघिल्लो दिन अलिअति ज्वरो आयो । यो शनिबारको घटना थियो । उहाँ स्वास्थ्यप्रति अति चनाखो हुनुहुन्थ्यो । भोलिपल्ट दिउँसो पिसिआर टेस्ट दिनुभयो । साँझ कोरोना पोजेटिभको रिपोर्ट आयो । त्यसको एकदिन पछि मंगलबार उहाँ डाक्टरको सल्लाहमा बस्नु राम्रो हुन्छ भनी त्रिवि शिक्षण अस्पताल जानु भयो । डाक्टरले होम आइसोलेसनमा बस्न लेखिदिए । हामीले घरमा नै अक्सिजन स्याचुरेसन हेरिरह¥यौं र डाक्टरले भने अनुसारका दवाईहरु सुरु ग¥यौं । अक्सिजन स्याचुरेसन घट्दा पनि ९३/९४ भन्दा कम थिएन । विहिबारसम्म पनि ज्वरो लगातार आइरहेपछि छैटौं दिन शुक्रबार सास फेर्न गाह्रो भएर होइन, ज्वरो लगातार आइरहेकाले फलोअपका लागि त्रिवि शिक्षण अस्पताल जानुभयो । उसले भर्ना गरिदियो । डाक्टरले छाती क्लियर छ भने तर कुनै परिक्षण गरेनन् । त्यो रात अस्पतालमा अक्सिजन दिनु परेको थिएन । भोलिपल्ट शनिबार विहान सास फेर्न अलि गाह्रोभयो । हामीले वार्डबाट ५०७ नम्बर क्याविनमा उहाँलाई सा¥यौं । दुई लिटरका दरले अक्सिजन दिन सुरु गरे । तब पनि कुनै परिक्षण गरेनन् । दुई लिटरले नधाने पछि आइतबार विहान अक्सिजन पाँच लिटरमा पु¥याएर र भर्ना भएको तेस्रो दिन मात्र ‘स्टेरोइड’ दिन सुरु गरे तर पनि सामान्य रक्त परिक्षण र एक्स–रे गरेनन्।

उनीहरुले हामीलाई हरेक पटक छाती सफा (क्लियर) छ डराउनु पर्दैन भनीरहे । अक्सिजनको मात्रा बढाउँदै लैजाने अनि डाक्टरले विरामीलाई चेक नै नगरी छाती क्लियर छ भन्दा उनीहरुप्रति हामीलाई विश्वासै लाग्न छोड्यो र वरिष्ठ पत्रकार दाइ मोहन मैनाली र मलगायत परिवारका सबैले परिक्षणका लागि जोड ग¥यौं । कस्तो विडम्बना ! विरामीको परिक्षण गरिदेउन भनी अस्पतालमा डाक्टरलाई शक्तिकेन्द्रहरुबाट भनसुन गराउनु प¥यो । गुरु दाइले शिक्षा मन्त्रालयबाट केही समय पहिला अवकास लिनु भएको हुँदा शिक्षा मन्त्रालयका उहाँका साथीहरुले अस्पतालमा भनसुन गर्नुभयो । हामीले पनि विभिन्न ठाउँमा हारगुहार ग¥यौं ।

अस्पताल भर्ना भएको चौथो दिन सोमबार विहान बल्ल छातीको एक्स–रे र रक्त परिक्षण लेखिदिए । अनि रिपोर्ट नै नआई उनीहरुले एन्टिवायोटिक चलाए र अक्सिजन १० लिटरका दरले दिन सुरु गरे । बेलुकी रिपोर्ट आयो । हामीले चासो राख्यौं । एक्स–रे रिपोर्टमा गम्भीर प्रकृतिको निमोनिया देखिएछ । त्यसपछि आफ्ना नालायकी ढाक्न कोभिड युनिटका इन्चार्ज डा. शन्तकुमार दासले आफ्नो दुर्बुद्धिका सिल्ली चालवाजी सुरु गर्दै उल्टै हामीलाई फट्कार्नुभयो– ‘तिमीहरुले विरामीलाई ढिलो ल्यायौ ।’ यो कुरा सुनेपछि त्यहाँका डाक्टरहरुको स्वभाव पासविक र हिस्रंक लाग्न थाल्यो । अस्पताल र डाक्टरप्रतिको हाम्रो विश्वास विजुली वेगमा चकानाचुर भयो । हाम्रा मनमा डाक्टरहरुप्रति भएको सम्मान भावको ठाउँका ठाउँ हत्या भयो अनि घृणाले राज ग¥यो ।

मलाई पूर्ण हेक्का छ– स्वास्थ्य विज्ञानका सारा आविष्कारहरु कोरोनासामु निहिर छन् । कोरोना विरुद्धको लडाईमा स्वास्थ्यकर्मीका ज्ञान अपर्यात छन् । हामीले जसरी पनि डाक्टरले विरामी बचाउन पर्छ भने अघोरी आग्रह हाम्रो थिएन । तर डाक्टरले विरामी बचाउन इमान्दार प्रयास गर्छन भन्ने चाहिँ हाम्रो दृढ अपेक्षा थियो । अस्पताल भर्नाको तीन दिनसम्म विरामीको सामान्य परिक्षणसम्म नगरी हामीलाई उल्टै विरामीको छाती ‘क्लियर’ छ भन्दै भ्रममा राखे । चौथो दिन जोडबल लगाएर एक्स–रे गराउँदा जब गम्भीर निमोनिया देखियो, तब डा. शन्तकुमार दासले विरामी ढिलो ल्यायौ भनी हामी माथि आरोप थोपरेर उम्कने दुस्प्रयास गर्नुभयो । हामीलाई त्यसपछि त ती डाक्टरहरुले विरामीप्रति लापरवाही मात्र गरेको होइन उनीहरु सेतो एप्रोनमा सजिएका अधम, नीच र दुष्ट समेत रहेछ भन्ने लाग्यो । हामीलाई पूर्ण एकिन भयो– सेतो एप्रोन लगाएर डा. शन्तकुमार दासहरुको अवतारमा यमराज हामी माथि कुटिल छल गर्दैछ । त्यसपछि जतिसक्दो चाँडो यस्ता छलीको नजरबाट आफ्नो विरामीलाई बचाउनु पर्छ भन्नेमा हाम्रो ध्यान गयो । उनीहरुको त्यो बहुलठ्ठी र बकवासपूर्ण बर्बराहट सुनिसकेपछि त्यहीँ उपचार निरन्तर गर्नु थप अनर्थकारी दुर्भाग्यलाई पर्खनु मात्र हुने थियो । हामी तत्काल शिक्षण अस्पतालबाट विरामी डिस्चार्ज गर्ने तर्फ लग्यौं ।

छैटौं, स्वास्थ्य जगतको सांस्कृतिक, शैक्षिक र नैतिक पतनको सबुत । सिकित्त विरामी डिस्चार्ज गर्ने कुरा गर्दा उनीहरुको अनुहारमा कुनै ग्लानी थिएन । लाग्थ्यो, विरामी र आफन्तहरुलाई छकाउन सक्नु नै उनीहरुको पेशागत योग्यता, धर्म र संहिता हो । विरामी डिस्चार्ज गर्ने वेलामा ‘कहिलेदेखि विरामी हुनभएको’ भनेर सोध्न थाले । उनीहरुसंग विरामी भर्ना हुँदा लिएको ‘केस हिष्ट्री’ समेत रहेनछ । विरामी भर्ना गर्दा दिएको पिसिआर रिपोर्ट उनीहरुले हराएछन् र डिस्चार्ज हुने बेलामा फेरि मागे । हामीले ‘उपचार गर्न नचाहिने पिसिआर रिपोर्ट अब किन चाहियो’ भन्यौं तर त्यो रिपोर्ट बिना डिस्चार्ज गर्न नमिल्ने उर्दी सुनाए । यी तथ्य स्वास्थ्य जगतको सांस्कृतिक, शैक्षिक र नैतिक पतनका क्षतविक्षत अवशेषहरु हुन भन्ने महशुस भयो । मैले सुनेको थिएँ – स्नेह नभएको नाता र निष्ठा हराएको पेशाले पाइला पाइलामा अनिष्ट निम्त्याउँछ । त्रिवि शिक्षण अस्पतालमा हरेक दिन ठीक यस्तै भइरहेछ । राज्यले दोब्बर भत्ता तोकेर कोभिड उपचारमा प्रमुख बनाएर खटाएका डा. शन्तकुमार दास मात्र होइन कोभिड उपचारमा खटिएका भनिएका त्रिवि शिक्षण अस्पतालको टोली नै संवेदना हराइसकेका जल्लादहरुको झुण्ड रहेछ भन्ने सोच पलायो ।

हामीले अर्को अस्पतालमा विरामी सार्न लागेको कुरा थाहा पाएपछि छेवैको क्याविनमा रहेका कोरोना संक्रमितका आफन्तहरुमा नमज्जाको बेचैनी छायो । विवशताका आँशु तपक्क झार्दै उनीहरुले भने– “हामी अनेत्र लैजान पनि सक्तैनौं, यहाँ सामान्य परिक्षण छैन, उपचार छैन, अस्पतालको यही पाराले विरामी बाँच्ने कुनै सम्भावना छैन । प्राणको भिख माग्दै उपचारको आशामा हामी अस्पतालमै प्रत्येक क्षण मर्न लाचार छौं ।”

हामीले दाजु गुरु प्रसाद मैनालीलाई बचाउन हरसम्भव प्रयास ग¥यौं । ह्याम्स् अस्पतालमा १० दिन आईसियु र भ्यान्टिलेटरमा राखेर सम्भव भएसम्म स्वास्थ्य विज्ञानका सबै विकल्पहरु प्रयोग ग¥यौं । यसका लागि डाक्टर अर्जुन कार्कीको नेतृत्वमा धेरै डाक्टरहरु, आफन्त, साथीभाइ र सुभचिन्तकहरुले अथक प्रयास गर्नुभयो । तर त्रिवि शिक्षण अस्पतालले चारदिनसम्म विरामीमाथि गरेको छल हाम्रा लागि अपूरणीय कष्ट र पीडा बन्यो । त्रिवि शिक्षण अस्पतालले सिर्जना गरेको दर्द र पीडा पखाल्न मसंग अहिले आँसु पनि पर्याप्त छैनन् । हामी शोकमा छौं र उहाँको अनन्त महाप्रस्थान सहज रहोस् भनी हार्दिक कामना गरिरहेछौं । यस दुखद् क्षणमा म ठूलो स्वरले सार्वजनिक रुपमा डङ्काफुक्न चाहन्छु– तपाई हामी डाक्टरका हातबाट चैं कदापि मारिनु हुन्न ।

त्रिवि शिक्षण अस्पतालमा मानव अस्तित्वमाथि बेरोकटोक भइरहेका आततायी हर्कतका यी प्रतिनिधि सबुतहरु मात्र हुन । यस्तो लाग्छ– पशुपतिनाथ मन्दिरमा डामेर छोडेको साँडे र त्रिवि शिक्षण अस्पतालको कोभिड युनिटका डाक्टरहरु समान रुपमा उन्मत्त छन् । जसरी पशुपतिमा डामेर छोडेको साँडेले दश नङ्ग्रा खियाएर लगाएको कलकलाउँदो बाली खाएपनि किसान टुलुटुलु हेर्न बाध्य हुन्छन् ठीक त्यसैगरी त्रिवि शिक्षण अस्पतालका यी डाक्टरहरुले प्रत्येक क्षण विरामीलाई मृत्यूको मुखमा धकेल्दा पनि विरामी र आफन्तहरु चुपचाप सहन विवश छन् ।

डाक्टरले विरामीलाई उपचारको भुलभुलैयामा पारेर वा छकाएर मृत्यूको मुखमा धकेल्छन् भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको विषय थियो । तर यस्तो विषाक्त घटना त्रिवि शिक्षण अस्पतालमा छ्यासछ्यास्ती देख्न र भोग्न दुवै प¥यो । यो उनीहरुको निजी नालायकी मात्र होइन, नेपाली जनताको स्वास्थ्यमाथि चलाइएको नाङ्गो अत्याचार र आततायी अपराध समेत हो । मलाई विश्वास नलागेर आफैंलाई पटकपटक चिमोटेँ तर नाङ्गो सत्य यही थियो । अनि मैले निष्कर्ष निकालेँ– जसरी मन्दिर प्राङ्गढमा आयोजना गर्दैमा सबै कार्य पवित्र हुँदैनन् त्यसैगरी अस्पतालमा सेतो एप्रोन लगाउँदैमा डाक्टरले गर्ने कार्य सबै सत्कर्म हुँदा रहेनछन् । हावाले गति विरायो भने आकासमा केहीबेर बबन्डर मच्चाउने गर्छ । तर डाक्टरले मति विराए भने लामो समयसम्म समाजमा अथाह पीडा र कष्ट उत्पन्न हुनेरहेछ ।

जनताको पैसाबाट त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले सामान्य अवस्थामा समेत ५० प्रतिसत थप तलब भत्ता लिने गरेका छन् । कोरोना महामारीको भत्ता त छँदैछ । यावत सबुतका आधारमा अब निर्धक्क भन्नु पर्नेहुन्छ– त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु केवल तलबी गोठाला मात्र हुन । तलबी गोठालाहरु मालिकको आँखा छल्नुमा नै आफ्नो धर्म र बुद्धिमानी ठान्छन् । त्यसैले तलवी गोठाला र सच्चा स्वास्थ्यकर्मीबीच तुलना हुनसक्तैन । मलाई विश्वास छ– सच्चा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा कर्तव्य मात्र होइन मानव करुणाको कठोर सङ्कल्प हो । आस्तिकहरुको भाषा सापट लिदैं म दोहो¥याएर भन्छु– सच्चा डाक्टर र नर्सहरु सेतो भेषमा जनकल्याणका लागि अस्पतालमा अवतरित देवी, देवता हुन । शास्त्रका अनुसार देवी देवताका ठिमाहा सन्तान भनेका पिचास हुन्छन् । यी डाक्टरहरुको हर्कत हेर्दा त्रिवि शिक्षण अस्पतालमा चाहिँ देवी देवता होइन, नरपिचासहरुले सेतो भेष धारण गरेका छन् भन्न लाचार छु ।

अझ एउटा सचेत पेशाकर्मी भएकाले लामो समयदेखि नेपाली स्वास्थ्य सेवाको मानक संस्थाका रुपमा त्रिवि शिक्षण अस्पताललाई मैले ग्रहण गरेको थिएँ । त्यही विश्वास अस्तिसम्म पनि मेरो मनमा अत्यन्त प्रगाढ थियो । तर वर्वर हिउँ परिरहेका बेला सेताम्य बाटो भएर १६ हजार फिटभन्दा बढी उचाईको हिमाली यात्रा पार गर्दा पनि मेरो मनले त्यति चिसो अनुभव कहिल्यै गरेको थिएन, जति चिसो अनुभूति त्रिवि शिक्षण अस्पतालका यस्ता वेइमानी र बदनियतपूर्ण घटनाले मलाई गरायो । यस अस्पतालप्रतिको मेरो विश्वास एकाएक झ¥यामझुरुम भयो ।

विश्वास नै त्यस्तो शक्ति हो जसले सडकमा फालिएको ढुङ्गालाई पनि देउता बनाउँछ र विश्वास गुमेपछि मन्दिर पनि भुत्याहा घरमा परिणत हुनपुग्छ । अहिले त्रिवि शिक्षण अस्पताल र यहाँको कोभिड युनिटका डाक्टर तथा नर्सहरुप्रतिको मेरो मनोभावना ठ्याक्कै विश्वास गुमेको मन्दिर जस्तै दिउँसै तर्साउने खण्डहर भएको छ ।

चिकित्सा तथा स्वास्थ्य सेवाका कर्तव्यहरुलाई वद्नाम गर्न र घृणा उब्जाउन उनीहरुका यस्ता हर्कतहरु आफैंमा पर्याप्त छन् । मलाई लागिरहेछ– विरामीको पीडामा आनन्द लिन तम्सिने यस्ता अधमहरुलाई डाक्टर मान्नु सारा असल स्वास्थ्यकर्मीहरुमाथि गिल्ला गर्नु हो । भनिन्छ– पीडाको कहिल्यै विगत हुँदैन । यस्ता कृतध्न र स्वेच्छाचारी स्वभावहरुलाई बेलैमा नियन्त्रण नगर्ने हो भने सारा स्वास्थ्यकार्मी र सिङ्गो स्वास्थ्य जगतले बुझे हुन्छ, यसको प्रलयकारी दुस्परिणाम सन्निकट छ ।

एक–दुई यस्ता व्यक्ति संस्थाको नेतृत्वदायी तहमा हुन्छन् भनेर हामी मौन बस्ने हो भने बेलैमा बुझे हुन्छ पानीका वुँदा वुँदा मिलेर नै सागर बन्छ । एक दुई जनाका यस्ता दुष्कर्मबाटै सिङ्गो स्वास्थ्य क्षेत्रमा अनिष्टको आरम्भ हुन्छ । यी एक दुई जना व्यक्ति नै भोलिको विष सागरका मुहान हुन । तसर्थ नेपाली शासक/प्रशासकहरुले नागरिकप्रतिको न्यूनतम जिम्मेवारी र जवाफदेहिता वहन गर्ने हो भने चिकित्साकर्मी हुनुको सम्पूर्ण मर्यादा गुमाइसकेका यस्ता व्यक्तिहरुलाई क्षणभर पनि अस्पतालमा नराखी बधशालातर्फ खटाउनु उचित हुनेछ ।

हामी नेपालीहरुले डाक्टरको यस्ता हेलचेक्राइका कारण दिवंगत भइरहने प्रियजनको चीर शान्तिका लागि कहिलेसम्म अस्ति–कशल उठाइरहनु पर्ने हो? यो सम्झनाले मात्र पनि शरीर कम्पित हुन्छ । मान्छेको मन बहकिन सक्छ, दिमाग पूर्वाग्रही हुन सक्छ तर आत्मा न पूर्वाग्रही हुन्छ न त बहकिन्छ नै । आत्माबाट कि त श्राप निस्किन्छ कि आर्शिवाद वा प्रार्थना । निर्धो र पीडित आत्माबाट चाहिँ सदासर्वदा श्राप निस्किदो रहेछ । म सबै डाक्टरहरुलाई भनिरहेको छैन, त्रिवि शिक्षण अस्पतालको व्यवस्थापन र कोभिड युनिट डाक्टरहरु श्राप पाउन सम्पूर्ण रुपले योग्य छन् । अँजुलीभरी पानी राखेर मेरो जीवनभरको पेशागत निष्ठा र साधनाको सबै शक्तिले म हिजोआज उनीहरुलाई श्राप दिन बाध्य छु, केवल श्राप !

यी मेरा निजी विलौना र रुवावासी विल्कुलै होइन। सुन्दा मात्र पनि हृदय भाउन्न हुने यस्ता कुरा तपाईलाई भन्नुको मेरो एकमात्र ईरादा हो– जीवनको आशा लिएर चाहिँ कोरोनाका विरामीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कसैले पनि नलैजानु होला । महान सत्कर्म गर्ने थलोका रुपमा तपाई, म लगायत साराले विश्वास गरेका अस्पताल र स्वास्थ्यकर्मीका बारेमा यसो भन्नुपर्दा मेरो मुटु नराम्ररी कुँडिएको छ तर म दुखका साथ दोहो¥याउँछु– त्रिवि शिक्षण अस्पताल पु-याएको विरामी कोरोना भाइरस स्वयंले दया ग¥यो भने मात्र फर्किए घर आउँछ नत्र केही दिनमा शव बनेर आर्यघाट तर्फको यात्रा नै उसको दुखान्त नियति हुनेछ ।

शास्त्रीय भाषामा भन्ने हो भने पिचास योनीका मासिनहरु सही बाटो देखाउनेहरुमाथि नै शंका गर्छन्, आक्रमण गर्छन् र सही मार्गबाट सदा भड्की रहनछन् । मलाई थाहा छ– यो लेख पढेपछि केही तथाकथित स्वास्थ्यकर्मीहरुले मेरा भनाइलाई अतिरञ्जित लाञ्छना भनेर प्रचारबाजी गर्नेछन्, उत्ताउलो र बेसरम प्रतिवाद गर्नेछन् । यदि त्यसो गरे भने उनीहरुलाई म ठाडै ललकार्नेछु– अस्पताल र स्वास्थ्यकर्मीका यस्ता निन्दनीय हर्कतको शिकार हुन बाध्य पारिदाँ मैले के बाँसुरी बजाउँदै वगैंचामा टहलिनु पथ्र्यो त? म विश्वस्त छु– सत्यलाई केही समय विचलित गराउन सकिएला तर सत्य सर्वदा अपराजित छ ।

मैले कतै पढेको थिएँ– अनाचारी शस्त्रुसंग युद्ध लड्न निकै सावधानी अपनाउनु पर्छ । सम्पूर्ण विश्वासका साथ आफ्नो प्राण सुम्पन पुगिने डाक्टर स्वयं अनाचारी भयो भने त समाजमा एक पछि अर्को दर्दनाक पीडा र सत्यानास सिवाय केही बाँकी रहन्छ भन्ने नै मलाई लागिरहेको छैन । त्यसैले म जोरदार शव्दमा भन्छु– मानव अस्तित्वमाथि खेलवाड गर्ने र मानव जीवनलाई विनास गर्ने अधिकार डाक्टरलाई छैन र हुनुहुँदैन । तर मलाई अत्यास लागिरहेछ– यसरी डाक्टरबाटै शिकार भएर तपाई हामी कति बाँचिएला ? अहिलेको यक्ष प्रश्न पनि शायद यही हो ।

मेरो मनले भनिरहेछ यस्ता दुष्कृत्यको परिणामबाट उनीहरुले उन्मुक्ति पाउनु हुँदैन । तर संकल्प हराएको राजनीतिक नेतृत्व र रकमी टिप्पणी लेख्दालेख्दा नपुङ्सक भइसकेको नोकरशाही तन्त्र यति पङ्गु छ, उसका बुताबाट न्यायोचित कदमको अपेक्षा गर्नु नै व्यर्थ छ । मेडिकल काउन्सिल उनीहरुकै मतियार बन्ने गरेको तितो विगत सबैका सामु छ । त्यसैले यस्ता आततायी डाक्टर र अस्पतालको अत्याचारबाट आफ्नो ज्यान जोगाउन हामी आफैं चनाखो हुनुपर्छ । आखिर बाँच्नु त हामीले छ । त्यसैले जीवन रक्षाको होसियारीले घचघच्याएर तपाईलाई यी कुरा सुनाएको हुँ ।

यी मेरा निजी विलौना र रुवावासी विल्कुलै होइन । सुन्दा मात्र पनि हृदय भाउन्न हुने यस्ता कुरा तपाईलाई भन्नुको मेरो एकमात्र ईरादा हो– जीवनको आशा लिएर चाहिँ कोरोनाका विरामीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कसैले पनि नलैजानु होला । महान सत्कर्म गर्ने थलोका रुपमा तपाई, म लगायत साराले विश्वास गरेका अस्पताल र स्वास्थ्यकर्मीका बारेमा यसो भन्नुपर्दा मेरो मुटु नराम्ररी कुँडिएको छ तर म दुखका साथ दोहो¥याउँछु– त्रिवि शिक्षण अस्पताल पु¥याएको विरामी कोरोना भाइरस स्वयंले दया ग¥यो भने मात्र फर्किए घर आउँछ नत्र केही दिनमा शव बनेर आर्यघाट तर्फको यात्रा नै उसको दुखान्त नियति हुनेछ । –परिसम्वाद डटकमबट


ताजा खबर