फ्रान्स, जर्मनी र पोर्चुगल युराे कपकाे नकआउटमा

युरो कप अन्तर्गत गएराति भएका खेलहरूमा स्विडेन र स्पेनले जित हासिल गरेका छन् भने पोर्चुगल र फ्रान्स तथा जर्मनी र हङ्गेरीले बराबरी खेलेका छन् । 

समूह इ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सन २००८ र २०१२ मा युरो कपको  विजेता स्पेनले स्लोभाकियालाई शून्यको विरुद्ध ५ गोलको फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

 त्यसैगरी सोही समूहको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई २ का विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ । 

दाबेदार टोलीहरू भरिएको समूह एफको अन्तिम चरणका खेलहरू पनि गएराति नै खेलिएका छन् ।

साबिक विजेता पोर्चुगल र सन् २००८ मा भएको विश्वकप विजेता टोली फ्रान्सले रोमाञ्चक २–२ गोलको बराबरी खेलेका छन् । 

सोही समूहको अर्को खेलमा जर्मनी र हङ्गेरीले पनि २–२ गोलको बराबरी खेलेका छन् ।

समूह चरणका विजेता र उपविजेता सहित तेस्रो भएका ६ मध्ये उत्कृष्ट ४ टोली नक आउट चरणमा उक्लने छन्।

 सो नियम अनुसार समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले नकआउट खेल खेल्ने भएका छन् ।

गएरातिका खेलहरूपछि युरो कपको समूहगत खेलहरू सम्पन्न भएका छन् । नकआउट खेलहरू आगामी शनिबार देखि खेलिने छन् । 


ताजा खबर