देशभर थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण

आज देशभर कोरोना भाइरसबाट २ हजार ४ सय २१ जना संक्रमित भएका छन् । 


७ हजार ४ सय ६१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ५ सय ११ जना तथा ४ हजार ९ सय ५३  वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ सय १० जना गरी जम्मा २ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।  


काठमाडौँ उपत्यकामा ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार काठमाडौँमा ३ सय ४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना रहेका छन् । 


देशभरबाट गएको २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 


आज कोरोना सङ्क्रमणबाट ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो भने बाँकी २९ जना भने विगतको तथ्याङ्कमा समावेश नभएका मृत्यु रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताउनुभयो ।


यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ८ सय ९४  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा ५० हजार ५ सय २० सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।


ताजा खबर