शेयर बजार परिसूचक नेप्से करिब ८० अङ्कले वृद्धि

लगातार पाँच दिनमा झन्डै दुई सय अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से मङ्गलवार भने करिब ८० अङ्कले उकालो लागेको छ । 


झन्डै एक साता बजार लगातार ओरालो लागेको सेयर बजार झन्डै पाँच दिनमा गुमेको सूचकको आधा हिस्सा मङ्गलवार एक दिनमा फिर्ता भएको छ ।


मङ्गलवार नेप्से ७९ दशमलव ४३ अङ्कले बढेर २ हजार ९ सय १३ को विन्दुमा पुगेको छ । यो अहिलेसम्मै उच्चतम विन्दु ३०२५ भन्दा १ सय १२ अङ्क मात्र कम हो । 


ताजा खबर