मन्त्रिपरिषद पुर्नगठनको मुद्दा प्रधानन्यायाधीश इजलासमा

मन्त्रिपरिषद् पुर्नगठन संविधान विपरित भएको भन्दै दायर भएको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइन राणा र ढुंगानाको इजलासमा तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ सरकारको प्रधानमन्त्री भएको र उहाँले यसअघि दुई पटक गर्नुभएको मन्त्रिपरिषद पुर्नगठन असंवैधानिक भएको भन्दै साे कार्य राेक्न मुद्दा दायर गर्नुभएको थियो । –रासस


ताजा खबर