कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको दोस्रो जित

 अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ ।

मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ ।

अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।

पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६६ औं मिनेटमा चिलीकै अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको हो ।

चिली ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ । –रोयटर्स


ताजा खबर