राससका महाप्रबन्धकमा राई नियुक्त

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ ।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उहाँले पत्रकारिता गर्नुभएको थियो ।

उहाँले केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हुँदै नागरिक दैनिकमा काम गरिसक्नुभएको छ ।

नागरिक दैनिकमा जिल्ला ब्युरो रहनुभएका उहाँ अहिले काठमाडौँबा प्रकाशन हुने देखापढी डटकममा सम्पादकका रुपमा काम गरिरहनुभएको छ ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएको थियो । –रासस


ताजा खबर