रमेश दहालको ‘सुन्दर फूल’ मा राजु लामाको ‘सुन्दर स्वर’

मङ्गोलियन हर्टका चर्चित गायक तथा सङ्गीतकार राजु लामा र गीतकार रमेश दहालको सहकार्यमा ‘सुन्दर फूल’ बोलको गीतको  लिरिकल भर्जन रिलिज भएको छ l

कोरोना कहरले विश्व नै त्रशित भएको अवस्थामा रमेशको गीतमा गायक एवम् सङ्गीतकार राजु लामाले ‘सुन्दर फूल’ बोलको गीत पस्केका छन् l

मानिसको जीवन अमूल्य छ त्यसैले अकाल र अनिकालमा कसैले मर्न नपरोस् भन्ने आग्रह गीतमा गरिएको छ l एउटा सुन्दर फूलले झैँ, मानिसले पनि निर्धक्क जीउन पाउनु उसको अधिकार हो भन्ने प्रशंगमा गीत लेखिएको छ l मानिसलाई उसको आफ्नै भौतिक जीवनभन्दा धन,मान् र सम्मान किमार्थ आबस्यक छैन l भोलि बिहान उठ्दा आफू संगै झुल्कने घाम र राती आफू सुत्दा आकाशमा शित पोख्ने जूनको दर्शन अटुट भै रहोस् भन्ने आग्रह नै गीत को आग्रह हो l रमेश प्राय: सकारात्मक सन्देशले भरिएका, बिम्ब र प्रतिक अनि उच्च गीति चेतनामा गीत लेख्छन् भने गायक राजु लामाको लागि यो गीत फरक धारको गीत रहेको छ l

पर्पल स्टुडियो नक्सालमा रेकर्ड गरिएको यस गीतमा दिबेश राईको सङ्गीत सयोजन गरेका छन् भने सुमन खड्काले मास्टरिंग गरेका छन् l     

गायक राजु लामाको युट्युब च्यानलबाट रिलिज भएको लिरिकल भिडियोले छोटै समयमा पनि दर्शकको निकै राम्रो प्रतिक्रिया पाइरहेको छ l अधिकांश कमेन्ट तथा प्रतिक्रियाहरुले गीतका शब्द र गायक राजु लामाको गायकीको प्रसंसा गरिएको  छ l


ताजा खबर