नख्खुको नयाँ शाखा सहित कामना सेवा विकास बैंकको शाखा संख्या १२५ पुग्यो

कामना सेवा विकास बैंकले ललितपुरको नख्खु दोबाटोमा नयाँ शाखाबाट कारोबार सुरु गरेको छ।

बैंकका अध्यक्ष सुदीप आचार्यले भर्चुअल माध्यमबाट नयाँ शाखाको उद्घाटन गरे। उक्त अवसरमा बैंकका सबै संचालक तथा प्रमुख कार्यकारी अधिकृतले भर्चुअल माध्यमबाटै सहभागिता जनाएको जारी विज्ञप्तिमा उल्लेख छ। 

नयाँ शाखाबाट कारोबार सुरु गरेको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकको भावी रणनीतिबारे जानकारी दिएका थिए।

बैंकले व्यवसाय विस्तारका क्रममा भावी दिनमा नयाँ प्रोडक्टहरु ल्याउने जनाएको छ।

बैंकले १२५ शाखा, १ विस्तारित काउन्टर र ६६ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ।


ताजा खबर