डेनमार्कका मीडफिल्डर एरिकसन अस्पतालबाट ‘डिस्चार्ज’

डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनको मुटुको शल्यक्रिया गरिएको छ ।

२९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसनको फिनल्याण्ड बिरुद्धको यूरो कप फुटबल २०२० अन्तगर्तको खेलमा कोपेनहेगनमा गत् शनिबार मैदानमै हृदयघात भएको थियो ।

तात्कालै मैदानमा ढल्न पुगेका एरिकसनको आपातकालीन उपचार गरिएपनि होसमा नआएपछि अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार उनको उपचार भइरहेको अस्पतालमा टोलिका सदस्यले भ्रमण गरेका थिए । लगत्तै उनी आफ्नो परिवारजनसँग घर फर्किनुभएको छ ।

एरिकसनले एक वक्तब्य जारी गरी प्रशंसकलाई स्वास्थ्य लाभको कामना गरेकोमा आभार प्रकट गरेका छन् । उनले शल्यक्रिया सफल भएको र आफू राम्रो अवस्थामा रहेको बताएका छन् । -रोयटर्स


ताजा खबर