नेपाल एएफसी एसियन कप छनौटको तेस्रो चरणमा

एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनौट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो ।

एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साबिक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो । यस नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८–८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाए ।

एएफसीले पाँचौँ स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको जनाएको छ । अब पाँचौँ स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ । अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् । प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन् । –रासस


ताजा खबर