विश्व टेष्टकालागि भारतद्वारा १५ सदस्यीय टोलि घोषणा

विश्व टेष्ट च्याम्पियन्सका लागि भारतीय क्रिकेट टोलि ब्यवस्थापनले १५ सदस्यीय टोलिको घोषणा गरेको छ ।

भारतले विश्व टेष्ट च्याम्पियन्सको उपाधिको लागि शुक्रबारबाट न्युजिल्याण्डको सामना गर्दैछ ।


लामो सयमदेखि अस्थिर रहेको भारतको ओपनर ब्याट्सम्यानको जोडीको समेत टुंगो लागेको छ । रोहित शर्मा र शुभमन गिलले न्युजिल्याण्ड बिरुद्धको खेलमा पारीको सुरुवात गर्नेछन् ।

अष्ट्रेलियामा टेष्ट क्रिकेटको सुरुवात गर्नुभएका गिलले इंग्ल्याण्ड बिरुद्धको घरेलु श्रृखंलाको सात पारीमा मात्र ११९ रन बनाउनुभएको थियो ।

विदेशी भूमीमा हनुमा बिहारीले स्थान पाउँदै आएकोमा १५ सदस्यीय टोलिमा उहाँ अटाएपनि अन्तिम एघारमा नपर्ने प्रायः निश्चित भएको छ । मयनक अग्रवाल र के एल राहुल समेत टोलिमा अटाएनन ।


ऋषभ पन्त र ऋधिमन साहा विकेटकीपरको रुपमा उपलब्ध हुनेछन् । साहाले पछिल्लो पटक गत् डिसेम्बर महिनामा अष्ट्रेलिया बिरुद्ध एडिलैड टेष्टमा स्थान बनाउनुभएको थियो । त्यसयता ऋषभ पन्तपछि उहाँ पहिलो रोजाईमा पर्नुभएको छ ।

भारतले न्युजिल्याण्ड बिरुद्ध पाँच जना तीब्र गतिका बलरलाई टोलिमा राखेको छ । जसप्रित बुमराह, इशान्त शर्मा, मोहम्मद सामी, मोहम्मद सिराज र उमेश यादब टोलिमा अटाएका छन् ।

श्रद्धुल ठाकुर प्राथमिकतामा पर्नुभएन । ब्रिसबैन टेष्टमा ठाकुरले सात विकेट लिनुका साथै ६७ रन बनाउनुभएको थियो ।

दुई जना मात्रै स्पिनरले स्थान बनाएका छन् । रबिचन्द्रन आश्विन र रबिन्दर जडेजा अटाएका छन् । अष्ट्रेलियाको घरेलु मैदानमा हराउन उत्कृष्ट प्रदर्शन गरेका अक्षर पटेल र वाशिंगटन सुन्दर भने आरक्षित स्पिनरको रुपमा रहनेछन् ।

बिराट कोहलीको कप्तान रहने टोलिमा अजिन्क्यै रहाने उपकप्तानको भूमिकामा यथावत रहनुहुनेछ । टोलिमा चेतेश्वर पूजारा समेत अटाउनुभएको छ । –रासस/एएनआई


ताजा खबर