मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना पारित

राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना पारित गरेको छ ।

गृह मन्त्रालयमा, गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोको जोखिम बढेकोले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार देशैभरि हुने बाढी पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण, उद्धार, राहत तथा पुरस्थापना गर्न जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम भइरहेको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक सहितका देशभरिका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल उद्धार राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई समेत गृह मन्त्रालयले निर्देशन दिइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । 

बैठकमा सुरक्षा निकायले बाढी पहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद् व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ गरेका थिए ।  –रासस


ताजा खबर