थप ३,०८२ जना कोरोना मुक्त : २,८२८ संक्रमित थपिए

देशभर कोरोना भाइरसबाट २ हजार ८ सय २८ जना संक्रमित भएका छन् । 

८ हजार ६ सय ८७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १४ जना तथा ४ हजार ३ सय ३५ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय १४  जना गरी जम्मा २ हजार ८ सय २८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

यसै गरी काठमाडौँ उपत्यकामा ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ७९, ललितपुरमा ६६ र  काठमाडौँमा ३५४ जना रहेका छन् । 

देशभरबाट गएको २४ घण्टामा ३ हजार ८२  जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

बुधवारसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

देशभरि बुधवार कोरोना सङ्क्रमणबाट ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ५ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसै गरी प्रवक्ता पौडेलले कुनै पनि व्यक्तिमा स्वाद हराउने, गन्ध हराउने, ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द, घाटी र शरीर दुख्ने समस्या भए सरकारी प्रयोगशालाबाट अबदेखि कोभिडको निःशुल्क परीक्षण हुने समेत जानकारी दिनुभयो । 


ताजा खबर