‘नेताहरू धन र पदको मात्र पछि लागे’

~ शोभा पाण्डेय \ सिलवाल 

जतातिर  काफल पाक्यो, त्यतैतिर चरी नाचे 

आजभोलि नेताहरू , धन र पदको पछि लागे ।

भतुवाले  भात् चाखेझैँ , दल चाख्दै हिँडेका छन् 

तिनकै पछि कार्यकर्ता ,झोले बन्दै  डुलेका छन् ।

अझै बुद्धि आको छैन ,भोटको भयो दुरुपयोग

अब भने गरौँ जन्‍ता,आफ्नो भोटको सदुपयोग ।

सत्ता साझेदार बन्‍न ,आपसका  कटु भुले

आजात शत्रु पनि ,यहाँ दुई शरीर  एक भए । 

प्रधानमन्त्री स्थायी भए नि, मन्त्री भए अस्थायी

कहिले होला नेपालमा, सरकार बन्ने चिरस्थायी ।

संविधान दिवसलाई ,कालो दिन मनाउनेले

नाकाबन्दी गर भनी ,विदेशीलाई उक्साउनेले ।

सत्तामा बसेर नि ,के खिचडी पकाउने हो ?

तीन करोड नेपालीको, जीवनमा विष् घोल्‍ने भो ।

जनतालाई लकडाउन, नेता जति सर्वोच्चमा 

कोरोनाले छटपटाउँदै , बिरामी छन् अस्पतालमा ।

जनताको नाम भजेर, सत्ताको खेल् खेल्छन् जहाँ 

कोही छैनन्  नि जनताका, पिरमर्का बुझ्‍ने यहाँ ।

यही पद,यही सम्पत्ति ,कति चाहिया घरीघरी

मर्दा लान्न कसैले क्यै, जप नाम हरि हरि ।                                                                         


ताजा खबर