इंग्ल्याण्डमा लकडाउनको अवधि चार साता थपियो

इंग्ल्याण्डमा चार साताका लागि लकडाउन थप गरिएको छ ।

आगामी साताबाट नै लकडाउन खुकुलो हुने अपेक्षा गरिए पनि चार साताका लागि लम्बिन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लकडाउनको क्रममा ब्यक्तिको हिंडडुल, सार्वजनिक स्थलमा भेला लगायतमा रोक लगाइएको छैन् तर क्षमता सीमित गरिएको छ ।


लकडाउन अबधिमा खेलकुद, सिनेमा हल, ‘पब’मा क्षमताको सीमितता यथावत रहनेछ । जुन २१ देखि लकडाउन खुकुलो हुँदा खेलकुद, चलचित्र घर लगायतमा दर्शकको क्षमताको सीमितता हटाइने अपेक्षा गरिएको थियो ।

विज्ञहरुले भने लकडाउन थपिनुलाई सकारात्मक रुपमा लिएका छन् । विज्ञहरुका अनुसार लकडाउन थपिएको अबधिमा अझै धेरै ब्यक्ति कोरोना विरुद्धको खोप लगाउन पाउनेछन् । जसले गर्दा एकातर्फ स्वास्थ्य सावधानीको पालनाले सङ्क्रमित सख्यामा कमी आउनेछन् भने अर्कोतर्फ खोप प्रभाबकारी रुपमा लगाइदा थप सङ्क्रमण फैल्न नसक्ने विज्ञहरुको तर्क छ ।

बीबीसीले प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन थपिएको बारे आजै साँझ घोषणा गर्नुहुने उल्लेख गरेको छ । इंग्ल्याण्डमा आइतबार चौबीस घण्टामा सात हजार ४९० जना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । –बीबीसी


ताजा खबर