थप ५ हजार २ सय २५ जना कोरोना सङ्क्रमणमुक्त

कोरोना भाइरस सङ्क्रमणबाट आज नेपालमा थप ५ हजार २ सय २५ जना मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ५ लाख २० हजार ८ सय १६ पुगेको र निको हुने दर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ७ सय ५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।आज ९ हजार ५ सय ९८ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ जना तथा ५ हजार ५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ६७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ३ सय ५ पुगेको छ ।मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभरमा गरी जम्मा ७५ हजार २ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


ताजा खबर