ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबार मात्र २ हजार ३७८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो ।

अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो । तर त्यसको २४ घन्टापछि मंगलबार मात्र २ हजार ३७८ जना संक्रमितको यस कोरोनाको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि जानकारी दिइएको छ ।

अघिल्लो दिनमात्र अर्थात् सोमबार करिब ३७ हजार जनामा मात्र सङक्रमण देखिएकोमा त्यसमा बृद्धि भएको पनि बताइएको छ । यो संख्या सँगै ब्राजिलमा कूल संक्रमितको संख्या यहाँका १ करोड ७० लाख ३७ हजारभन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको बताइए पनि पछिल्ला दिनमा आएर मृत्युको संख्या झनै बढेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओ पाओलो शहरमा शुरुदेखि कोरोना संक्रमण बढी मात्रामा हुदै आएको छ । अमेरिकापछि सबैभन्दा बढी ब्राजिलका मानिसको कोरोना महामारीबाट ज्यान गएको छ । –रासस/सिन्ह्वा


ताजा खबर