५,७६८ निको ४,३४४ मा कोरोना पुष्टि : ८१ को मृत्यु

देशभर कोरोना भाइरसबाट ४ हजार ३ सय ४४ जना संक्रमित भएका छन् ।

१२ हजार ७४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४ सय ४९ जना तथा ४ हजार ५ सय ६८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जना गरी जम्मा ४ हजार ३ सय ४४ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैबीच काठमाडौँ उपत्यकामा कोरोनाबाट ९ सय १५ जना संक्रमित भएका छन् । जसमा भक्तपुरमा ८१ जना, ललितपुरमा १ सय ५१ जना र काठमाडौँमा ६ सय ७९ गरी ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरबाट गएको २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । बुधबारसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८५ दशमलव २ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।

देशभरि कोरोना सङ्क्रमणबाट ८१ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरबाट ८० हजार ३ सय ३६ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।जसमा ७४ हजार ४ सय ३८ होम आइसोलेसन र ५ हजार ८ सय ९८ जना संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार १ हजार ३ सय १२ जना आइसियु र ३ सय ७५ जना कोभिड सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


ताजा खबर