६ हजार ५ सय ७० जना कोरोना सङ्क्रमणमुक्त

५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ८ जना मृत्यु

आज देशभर कोरोना भाइरसबाट ५ हजार १ सय ५३ जना संक्रमित भएका छन् ।

१२ हजार ६५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ८ सय ७० जना तथा ५ हजार ६ सय ११ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार  २ सय ८३ जना गरी जम्मा ५ हजार १ सय ५३ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरबाट गएको २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ४ हजार ५ सय ३० जना निको भएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८४ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।देशभरी आज कोरोना सङ्क्रमणबाट १ सय ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९८  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर