अल्जाइमर रोगसम्बन्धी नयाँ उपचार पद्धतिलाई स्वीकृति

अमेरिकाका स्वास्थ्य नियामकहरूले अल्जाइमर रोगसम्बन्धी पहिलो तथा नयाँ उपचार पद्धतिलाई स्वीकृति प्रदान गरेका छन् ।

मानिसको स्मृति क्षय हुँदै जाने र व्यक्तिगत निर्णय क्षमतामा नै असर गर्ने अल्जाइमर रोगसम्बन्धी नयाँ उपचार विधिको बेलायतमा पनि प्रयोग गरिने भएको छ ।

यो उपचार विधिअन्तर्गत प्रयोग गरिने एडुक्यानुमाब नामक औषधिले अल्जाइमरका लक्षणहरूलाई ठीक पार्नेभन्दा पनि अल्जाइमर गराउने मुख्य कारकलाई लक्षित गर्दछ ।

तर वैज्ञानिकहरू भने औषधि परीक्षणका क्रममा देखिएका नतिजासम्बन्धी अन्यौलताका कारण औषधिको सम्भावित प्रभावकारितालाई लिएर दुई मतमा बाँडिएका छन् ।


ताजा खबर