३,३७० कोरोना सङ्क्रमित थपिए : ६९५१ जना निको भए

कोरोना नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुने दर उच्च हुँदै गएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९ सय ५१ सङ्क्रमित निको भएका छन् ।

आज १७ हजार ९ सय ७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा पिसिआर विधिबाट १२ हजार २ र ५ हजार ९ सय १ को एन्टिजेन परीक्षण गर्दा ४ हजार ४ सय ७२ जनामा  सङ्क्रमण पुष्टि भएको हो ।

आज कोरोना सङ्क्रमणबाट ९२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ९ सय ९० पुगेको छ ।


ताजा खबर