उपेन्द्र समूहले ठाकुरसहित ४ जनालाई पार्टीबाट निष्कासन गर्‍यो

जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव समूहले महन्थ ठाकुर सहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव पक्षीय जसपाको कार्यकारिणी समिति बैठकले जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित कार्यकारिणी सदस्य राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको पार्टी प्रचार बिभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष उपेन्द्र यादवले चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको जनाइएको छ । यससँगै अब जसपा औपचारिक रुपमा विभाजन हुन पुगेको छ ।


ताजा खबर