विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क को हुन ?

 टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी भएपछि उच्च स्थानमा पुगेका छन् ।

विश्वका लागि, २०२० जे जस्तो भएपनि एलन मस्कको लागि गत १२ महिना शानदार रहेको थियो । गत बर्षमा मस्कको सम्पत्ति १५० अर्ब डलरभन्दा बढीले बढेको छ, सम्भवतः यो इतिहासमै सम्पत्ति वृद्धिको सबैभन्दा तेज गति हो । टेस्लाको यसमा ठूलो योगदान छ, जसको सेयर गत एक वर्षमा ७४३ प्रतिशतले वृद्धि भएको छ ।

यदि बेजोसको सम्बन्ध विच्छेद नभएको भए उनी मस्क भन्दा धेरै अगाडि हुने थिए । सम्बन्ध विच्छेद पछि, बेजोसलेले आफ्नो पूर्व श्रीमती म्याकेन्जी स्कटलाई आफ्नो सम्पत्तिको एक ठूलो अंश दिए र दिल खोलेर दान पनि गरे । उनले गत वर्ष नोभेम्बरमा ६८ करोड डलर सेयर दान गरेका थिए ।

मस्कको कथा लाखौं युवाहरूका लागि प्रेरणाको स्रोत हो जो आफ्नो दममा केही अलग गर्ने सोचमा रहन्छन् । मस्क ३० वर्षको उमेरमा रकेट किन्न रुस पुगेका थिए । रुसीहरूले उनको मनसायको कदर गरेनन् ।

रकेटबाट मुसा र केही विरुवाहरुलाई मंगल ग्रह पठाउने मस्कको सपना थियो । जब दोस्रो पटक पनि मस्कलाई रुसीहरुले खाली हात फर्काइदिए तब मस्कको मनमा आफै रकेट बनाउने बिचार आयो, र यहीबाट स्पेसएक्स कम्पनीको सुरूवात भयो । हरेक चरणमा अवरोधहरू आइरहे । तर उनले प्रविधि विकास र धेरै उद्यमहरू पनि जारी राखे ।

ठूला सपना र अटुट साहसले सफलता
ठूलो सपना र अटुट साहसले गर्दा धन सम्पतिले उनको कदम चुम्दै गयो । एक दिन त्यस्तो पनि आयो जब मस्क ४९ वर्षको उमेरमा सम्पूर्ण विश्वको सबैभन्दा धनी मानिस भए । त्यो पनि एक दिन थियो जब उनले सरसफाइको काम पाएका थिए जसको वापत उनलाई प्रति घण्टा १८ डलर प्राप्त हुन्थ्यो । मस्क आज प्रतिघण्टा १४० करोड रुपैंया कमाउँछन् । 


ताजा खबर