केले होला मन सिलाउने ?

~शोभा पाण्डे सिलवाल

कोभिडको महामारी कहाँ चुकी आयो ?

कालो बादल मडारिए  सरी जस्तै भयो ।

सत्तुरले गाली गर्दा दैलो लागोस् भने जस्तै 

गाउँघरमा भैरहेछ आज यस्तै यस्तै ।

हप्‍ता दिनमा घरका सबै सखाप भैसके  

नातागोता इष्टमित्र व्यथित नै भइसके । 

महामारीले कसरी हो तन बचाउने ?

वियोगीले केले होला मन सिलाउने ? 

घरघरै, टोलटोलै ,मच्चियो हाहाकार

पशुपति ,स्वयम्भु जी लगाऊ न पार ।

देशप्रति बफादार छु  नि नभन्‍नेले

जनताको जीवनसँग खेल्नु होली खेले ।

नेताले नि सत्ताको  खिचडी पकाए

व्यापारीले पनि कालो बजारी नै गरे।

मर्नुपर्छ एकदिन मान्छे किन यति गिरे

सत्ता,शक्ति ,सम्पत्ति को लिएर मरे?  

हायलकायल भए मासुम जन्‍ता जति

राम्रो गर्  सरकार नरभक्षी नबन् कत्ति।

नरभक्षी नबन् कत्ति ।।                                                                                     


ताजा खबर