कवि एवं गीतकार चेतन कार्कीको निधन

 वरिष्ठ गीतकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा आज  बिहान निधन भएको छ ।

दुई हप्ता अघि मात्र भारतको देहरादून बाट काठमाडौँ आउनुभएका  कार्कीलाई ज्वरो  आएपछि  छाउनीस्थित आर्मी अस्पतालमा  भर्ना गरिएको थियो ।कार्कीको जन्म स्याङ्जा जिल्लाको एक सैनिक पृष्ठभूमि भएको घरमा वि.सं  १९९५ को कार्तिक महिनामा भएको थियो ।

बाल्यकाल देखिनै नेपाली लोकसंगीतमा रुचि राख्ने कार्कीको नाम गीतकार, निर्देशक, कवि, लेखक र नेपाली लोक संस्कृतिको अध्येताका रुपमा समेत परिचित  हुनु हुनुहुन्छ ।उहाँका तीजको रहर आयो बरीलै, बैनीको दया छ भने, पिरतीको चोखो कथा, लगायतका गीतहरू सबैको मन मुटुमा बस्न सफल छन् ।

उहाँका रचनामा नेपालका चर्चित गायक गायिकाहरू नारायण गोपाल, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले  स्वर दिनुभएको छ  ।गीतको पाटो मात्र नभई सिनेमाको पटकथा लेखन र निर्देशनमा पनि  कार्की  सक्रिय हुनुहुन्थ्यो ।परिवर्तन सिनेमाका लागि  पटकथा र गीत लेख्नुभएका कार्कीले विश्वास, भुमरी र पहिलो प्रेम सिनेमाको निर्देशन समेत गर्नुभएको छ ।

उहाँका बसिबियाँलो, माया प्रीतिको चोखो कथा, आत्मा बेचेको छैन, हत्केलाले सधैँ सूर्य छेकिँदैन, हो देश मेरो पनि गीत सङ्ग्रह प्रकाशित छन् ।उपन्यासतर्फ हनिमुन र लघु उपन्यास ढलेको गिलास  प्रकाशित छन् साथै उहाँको हिन्दी कविता सङ्ग्रह कल्पना टुट चुकी है प्रकाशित छ भने  अन्य थुप्रै  फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा  प्रकाशित छन् ।

स्व.कार्कीसँगको अन्तरङ्ग कुराकानीको भिडियो:

भिडियो सौजन्यः FrontlineTV

ताजा खबर