कोरोना विरुद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि

काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदैछ ।

पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्नेछन् । खोप लगाउन लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १/२ वटा खोप केन्द्र तय गरिएको छ । पहिलो खोप लगाएको मितिको आधारमा दोस्रो मात्रा लगाउनका लागि मिति तय गरिएको छ ।

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ ।

चैत २५ देखि बैशाख १५ सम्म पहिलो मात्रा लगाएकाहरुले आजबाट क्रमश जेठ ११ गते सम्म निर्धारण गरिएको मितिमा दोस्रो मात्रा लगाउन पाउने वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । –रासस


ताजा खबर