जनता नै नरहे को माथि राज गर्छौ ?

~ शोभा सिलवाल पाण्डे

कस्तो खेल खेलिस् दैव ?आयो समय कस्तो ?

मानवको जीवन किन ? पार्‍यौ यति सस्तो ।

एम्बुलेन्सको आवाजले ,मनमुटु पोली सक्यो

कोरोनाले मेरो देशमा ,तहसनहस पारी सक्यो ।

बेड छेैन अस्पतालमा, भेन्‍टिलेटर कता कता ?

आफन्तको चित्कारले ,मरी सक्यौँ हामी यता ।

यस्तो बेलाँ   सरकारलाई नि, छैन कत्‍ति चासो

ठुलालाई त होला उपचार ,गरिब जति परे पासो।

सत्ता र कुर्चीको खेलमा ,लागेका छन् सबै नेता

उपचार न अक्सिजन ,पालो कुर्दै मर्छन् जन्ता । 

जनतालाई बेड छैन,विदेशी र हाइ प्रोफाइलले पाउने

सैयौँ बेड होल्डमा राखी, मनग्य रकम कमाउने ।

ठुलालाई चैन हजुर,सानालाई ऐन कानुन

मेरो देशको नियति यस्तै छ ,नेतैले जानून् ।

नेता गण ,तिमीहरूको नैतिकता आज कता गयो ?

हजारौँ जनता मरी सके, तिमीहरूलाई सत्ता पिर भयो ।

अगुवामा त्याग, मानवता ,सत्चरित्रता नै रहेन यहाँ हे निर्लज्ज हो,

जनता नै नरहे को माथि राज गर्छौ यहाँ । 

त्राहीमाम्मा  बाँच्‍न विवश  जनतालाई, आशाका किरण जगाई देऊ

हे पशुपतिनाथ बिन्ती छ , नेपालीका प्राणको रक्षा गरी  देऊ ।


ताजा खबर