‘कठै म, मेरो राज्य र यहाँको राज्य व्यवस्था’

~ज्वाला ढकाल

म एक स्वास्थ्यकर्मी

दिनरात तिनै बिरामि हरुको स्वास्थ्य को लागि खटिरहन्छु

कहिले काहि एसो आखा झिमिक्क पार्ने मौका पाएँ भने पनि

अस्पतालको‌ शैयामा जिबन र मृत्युको युद्ध मा

लडिरहेका

उनिहरुको रोदनले

मेरो एकान्तपनलाइ खल्बल्याइदिन्छ

आज मेरो मातृभुमिले एउटा

महाप्रलय खेपिरहेछ

मेरै राज्यका दाजुभाइ दिदिबहिनी बुवा आमा

अक्सिजनको अभावका कारण पनि

प्राण त्यागिरहेछन

अनि म लाचार भएर टुलुटुलु हेर्न बाध्य छु ।

कठै म मेरो राज्य

अनि यहाको स्वास्थ्य ब्यवस्था।।

कोहि अस्पतालमा शैय्या नपायर

त कोहि अस्पताल परिसर पुग्दै गर्दा

मृत्यु बरण गरिरहेका छन

उनिहरुले भन्न नसके पनि

उनका आवाजहरु मैले सुनेकिछु

म लाचार छु

उनिहरुको जिबन फर्काउन नसकी

तिनैका देहान्तमा

मुकदर्शक हुनुको

विकल्य रहेन

मलाइ माफ गरिदेउ

कठै म मेरो राज्य

अनि यहाको राज्य व्यवस्था।।

यो मैले कहिल्यैँ कल्पना पनि गरेकी थिइँन ।

तिमी लडदै छौ तर अथक प्रयास गर्दा गर्दैपनि

कहियै नफर्किने चीर निद्रामा

शान्त मुद्रामा

एक युगको जिबनलाई

बिदा गरेर बिलिन भयौ

कठै म मुकदर्शक हुनुको

बिकल्प रहेन

कठै म मेरो राज्य

अनि यहाको राज्य व्यवस्था।।


ताजा खबर