कोभिड महाप्रलय र राज्यको अवस्था

राज्यपक्ष र आमनागरिकले आ- आफ्नो क्षेत्रबाट जिम्मेवारि निर्बाह नगरे अहिलेको अवस्थामा भयावहरुपमा बढिरहेको संक्रमण र मृत्यु प्रलयको रुपमा आउनेछ ।

डा. नर्स लगायत स्वास्थ्यकर्मी हरुले मात्रै कठिन संघर्ष गरेर यो महाप्रलय रोकिने छैन । त्यसैले गाउँ गाउँबाट उठौं बस्ति बस्तिबाट उठौ । सम्पुर्ण देश र नागरिकको सुरक्षाको निम्ति आ-आफ्नो ठाउँबाट जिम्मेवार बनौ ।

बिभिन्न किसिमका पार्टि भोज भतेर मा सहभागि हुदै कोभिड फैलाउदै, अनावश्यक घरबाहिर बिना मास्क समाज र राष्ट्रप्रति गैर जिम्मेवार बन्दै कोभिडलाइ उकास्न सहयोग गर्नेहरु अहिले देशका प्रमुख शत्रु हुन् ।

यिनैले यो भयन र त्यो भयन भन्दै सडकमा बुर्कुसी मार्ने र अस्पताल स्वास्थ्यकर्मी र राज्यले यो गरेन त्यो गरेन भन्दै दुष्प्रचार गर्ने अनि स्वास्थ्य को मापदन्डलाइ उल्लङ्घन गर्दै देशको अवस्थालाइ जटिल मोडमा पुर्याउने र सामाजिक सन्जाल हरुमा छरपष्ट अभद्र प्रस्तुतिहरु पस्कदै स्वास्थ्यकर्मी र राज्यको बारेमा अनर्गल कुरा लेख्नेहरु पनि जनताको स्वास्थ्यमा खेलवाड गर्ने तत्वहरु हुन् ।

यिनैका गैर जिम्मेवार ब्यवहारले गर्दा आज थेग्नै नसक्ने गरि अस्पतालहरुमा कोभिड संक्रमित हरुको ओइरो लागेको छ ।आफ्नो क्षेमता भन्दा बढी उपचार गर्नु पर्ने थिति आएको छ।

यि गैर जिम्मेवार जनद्रोहि हरु दुई दिन आफुलाइ हाम्रो ठाउँमा उभ्याएर राखुन् र यो‌ बिकराल अवस्थामा सत्ता स्वार्थमा मात्रै केन्द्रत रहेर सरकार बनाउने र भत्काउने खेलमा लागेका राज्यको नेतृत्व तहमा रहेका पार्टीका नेतृत्व तहहरु ले एकजुट भइ यो देशमा आइलागेको बिषम परिस्थिति लाइ सामना गर्नु पर्नेमा गिद्ध र स्यालहरुले सिनोमा लुछाचुँडी गरेजस्तै गैर जिम्मेवार ब्यवहार देखाइरहेका छन ।

कोभिड र यिनिहरु देश र जनताको लागि उत्तिकै घातक छन्।


ताजा खबर