भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्या घट्दै

भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २६ हजार ९८ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १६ लाख ९३ हजार ९३ नमूना परीक्षण गरिएको छ । शुक्रबार चौबीस घण्टामा तीन लाख ४३ हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको थियो ।


समाचार संस्था एएनआईका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ४३ लाख ७२ हजार ९०७ पुगेको छ । भारतमा हाल ३६ लाख ७३ हजार ८०२ जना सक्रिय सङ्क्रमित छन् । भारतमा शनिबार एकै दिन तीन लाख ५३ हजार २९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।


भारतमा पछिल्लो चौबीस घण्टामा तीन हजार ८९० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख ६६ हजार २०७ पुगेको छ ।

भारतमा हाल कर्नाटका र महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हुन् । महाराष्ट्रमा हाल पाँच लाख २१ ह्जार ६८३ सक्रिय सङ्क्रमित छन् । कर्नाटकामा पाँच लाख ९८ हजार ६२५ जना सक्रिय सङ्क्रमित छन् ।


कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या १८ करोड नाघेको छ । भारतीय औषधी विज्ञान परिषद्का अनुसार हालसम्म १८ करोड चार लाख ५७ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । –


ताजा खबर