वैकल्पिक सरकार बनाउन असफल भएको माओवादी केन्द्रको निष्कर्ष

नयाँ सरकार बनाउन कसरत गरिरहेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन असफल भएको निष्कर्ष निकालेको छ ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षको असहयोगका कारण नयाँ सरकार सम्भव नभएको माओवादी केन्द्रको निष्कर्ष छ । बिहीबार साँझ पार्टी पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाको ठाकुर समूह र एमालेको माधव नेपाल समूह राजीनाबाट पछि हटेकाले नयाँ सरकार सम्भव नभएको बताउनुभएको थियो ।

राष्ट्रपतिले दिएको समयसीमा सकिने अन्तिम दिन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने ठहर गरेको हो ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष दाहालले विपक्षी दलहरुले राष्ट्रपतिसँग नयाँ सरकार दाबी नगर्ने बताउनुभएको थियो ।


ताजा खबर