ठाकुर पक्ष सरकारमा सहभागी नहुने जानकारी

राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार शीतल निवासमा पुगेर पत्र बुझाउँदै बहुमतीय सरकारमा सामेल नहुने जानकारी गराएको हो ।

राष्ट्रपति कार्यालय स्रोतले ठाकुर र महतोले पत्र बुझाएको पुष्टि गरेको छ ।

राजपाका अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस–माओवादी केन्द्रको विपक्षी गठबन्धनमा सहभागी हुनुभएको छ ।

ठाकुरले दुई दिनअघि विज्ञप्ती जारी गर्दै वर्तमान सरकारले नै मधेसीका मुद्दा सम्बोधनको काम गरिरहेकाले वैकल्पिक सरकार गठनमा सहभागी नहुने स्पष्ट पार्नुभएको थियो ।


ताजा खबर