विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि

 चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा मुलुकमा भित्रिने विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएर ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैकले अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको र अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको जनाएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६६.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १०.२ प्रतिशतले बढेको थियो ।वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १५.० प्रतिशतले घटेको थियो ।


ताजा खबर