आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकार बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

‘माओवादी केन्द्र र कांग्रेस एक ठाउँमा छन् । जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहन्छौं,’ बैठकपछि पत्रकारहरुसित महतले भन्नुभयो, ‘माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस रहन्छ ।’

जसपाको महन्थ ठाकुर समूह भने केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारकै निरन्तरताको पक्षमा छ ।


ताजा खबर