नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘कोभिड कन्ट्रोल गर्न पार्टीहरू अब घरघरमा जानुपर्छ’ : प्रा.डा.गौतम

कोरोना भाइरस (कोभिड– १९ ) को दोस्रो छालले बाँकेलाई लकडाउनमा पुर्‍यायो । काठमाडौं उपत्यकामा संक्रमणको ग्राफ उकालो लाग्दा एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरीएको छ । मुख्य शहरहरूका अस्पताल संक्रमितले भरिन थाले । बेड, आईसीयू, भेन्टिलेटर नपाइने अवस्था छ । जेठ अन्तिम र असारको पहिलो साता दैनिक ११ हजार संक्रमित पुग्ने सरकारको प्रक्षेपण छ । प्रक्षेपणअनुसार रोकथामका लागि सरकारले पूर्वतयारी के गर्दै छ ? नेपालको स्थिति के हो  ? यसै सेरोफेरोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमसँग यिनै विषयमा गरिएको सफल कुराकानी :

कोरोना संक्रमण नियन्त्रणबाहिर गएको हो  ?

संक्रमण नियन्त्रणबाहिर गयो भनेर त  कसरी भन्ने तर नियन्त्रणका लागि अब धेरै मिहिनेत आवश्यक छ । 

भनेपछि स्थिति जटिल छ । छिमेकी देश भारतमा कोरोनाको सुनामी आयो भनिन्छ । नेपाल पनि त्यही स्टेपमा पुगेको हो ?

त्यो त प्रस्टै छ नि । एकदम आउँछ ।  बोर्डर ओपन छ । तोकेको सीमानाकाबाट मात्र नेपाली आउँदैनन् । जहीँकहीँबाट छिरेका छन् । छिर्दा कोरोना पनि छिरेको छ । मास्क लगाएको छैन । दूरी कायम छैन । अनि संक्रमण नफैलिएर के हुन्छ त ?  हामीले यो कुरा एक महिनादेखि भन्दै आएका छौँ । भीडभाड, आवातजावात रोकेनौँ भने समस्या समाधान हुँदैन । कसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्दैनन् । मानिस अनावश्यक रूपमा हिँडिरहेका छन् । यो कन्ट्रोल नगरी कोरोना कन्ट्रोल हुँदैन । धेरै ढिला भइसक्यो भनेर कति भन्ने ?

सुनामी नै आउने गरी कसले संक्रमण फैलायो त ?

भीडभाड नै कोरोना संक्रमण हुने मुख्य कारण हो । सभा, सम्मेलन, समारोह, गोष्ठी रोकिएको छैन । यसले कोरोना संक्रमण फैलिएको छ । भारतको त अझ आउन नै बाँकी छ । त्यसैले माया नगरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्यको दृष्टिकोणले पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन नदिन भनेका हौँ ।

राजनीतिक पार्टीहरू भोट माग्न जसरी घरघरमा पुगेका थिए, त्यसैगरी कोभिड कन्ट्रोल गर्न किन नगएका ? यो समय सरकारी  संयन्त्रले मात्र गरेर सम्भव छ ? पार्टीहरू घरघरमा जानुपर्छ । जनतालाई जोगाउन सिरियस हुनुपर्छ । मापदण्ड पालना गर्न सिकाउनुपर्छ । 

भारतमा कोरोना पिक हुँदै गरेको तीन/चार हप्तापछि नेपालमा पिक हुन्छ । पोहोरको अनुभव पनि यही हो । भारतबाट आउने क्रम बढ्दै गयो भने हामी अप्ठ्यारो स्थितिमा पुग्छौँ ।

सभा, सम्मेलन त प्रधानमन्त्री नै गर्दै हिँड्नुभएको छ । उहाँलाई छुट हो ?

हामी स्वास्थ्यसँग सम्बन्धित मान्छे हौँ । विज्ञानमा विश्वास गर्छौं । कति त अन्तको अनुभवबाट पनि सिकिन्छ । कति कुरा हाम्रो सिकाइले पनि सिकाउँछ । यहाँ कति मानिस विज्ञानलाई विश्वास नै गर्दैनन् । जसले विज्ञानलाई आत्मसात् गर्दैन, उसले मापदण्ड पनि फलो गर्दैन । एक महिनाअघि नै हाम्रोतर्फबाट काठमाडौंमा संक्रमण बढ्न थाल्यो । अब स्टेप चाल्नुपर्छ भनेर भन्दा जिम्मेवार निकायले हाम्रो कुरालाई विश्वास गरेनन् । तेरोभन्दा मेरो के कम, मेरोभन्दा तेरो के कम भनेर आमसभा भइरहे । यो सभाको रिजल्ट कोभिडको बिरामीको संख्याले देखाउँछ भनेर भनेकै थियौँ ।  सीसीएमसीमा पनि स्कुल कलेज र रात्रिकालीन व्यवसायको भीडभाड रोकौँ भनेको हो । सुनुवाइ नभएपछि अपिल निकाल्न बाध्य भएका थियौँ । त्यो बेला हामीले भीड घटाएर कन्ट्रोल गर्न सकिन्छ, नत्र लकडाउन गरेर पनि कन्ट्रोल गर्न गाह्रो हुन्छ भनेको हो । अहिले पनि त्यही स्टेपमा छौँ । 

राजनीतिक पार्टीहरूले के गर्नुपर्थ्यो ?

राजनीतिक पार्टीहरू सबैले घरघरमा गएर भोट मागेका होइनन् ?  भोट माग्न जसरी घरघरमा पुगेका थिए, त्यसैगरी कोभिड कन्ट्रोल गर्न किन नगएको ? के त्यो सम्भव छैन ? यो समय सरकारी  संयन्त्रले मात्र गरेर सम्भव छ ? पार्टीहरू घरघरमा जानुपर्छ । जनतालाई जोगाउन सिरियस हुनुपर्छ । मापदण्ड पालना गर्न सिकाउनुपर्छ । 

पहिलो छालको संक्रमण टु डिजिटमा झरेको थियो । त्यही स्टेपमा किन रोक्न सकेनौँ ?

पहिलो लहरमा धेरै राम्रो काम गरिएको हो । अहिले नसक्नुको मुख्य कारण भाइरसको स्वरुप परिवर्तन हो । अर्को कुरा, भारतमा संक्रमण द्रुत गतिमा बढेको छ । नेपालसँग जोडिएको सीमानाका खुल्ला छ । अनि अर्को भनेको राजनीतिक पार्टीको आमसभा, जुलुस र धर्ना नै हो । जसले गर्दा संक्रमणलाई रोक्न सकिएन  ।

नाका खुल्ला छ मात्र भन्ने कि व्यवस्थापन पनि गर्ने त ?

नाकामा रोक्नै सकिन्न । हाम्रै दाजुभाइ दिदीबहिनी हुन् ।  खानलाउनकै दुःखले काम र व्यवसायका लागि भारत गएका थिए । उता दुःख पर्‍यो, आज नेपाल फर्किए । यो मुख्य समस्या होइन । तर, नेपाल आएपछि भीडभाड कम गर्ने, मास्क लगाउन, दूरी कायम गर्न सिकाउने हो ।

अस्तिसम्म २ हजार हुन्थ्यो, अहिले १० हजार परीक्षण हुन्छ । जो पायो उसको परीक्षण गर्ने कुरा होइन नि ।  परीक्षण नगरेको भए कहाँबाट आयो त्यो पोजिटिभ ? गाई कि त्रिशूल गरेर आएको हो कि टेस्ट गरेर ?

पालिकालाई हरेक व्यक्तिलाई १० वटा मास्क दिन भनेका छौँ । त्यसको भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ । कि मास्क बोकेर स्वास्थ्य मन्त्रालय नै जानुपर्ने हो ? सबै स्वास्थ्य मन्त्रालयले गर्ने हो भने पालिका किन चाहियो ? भारतबाट आएकालाई घर जाने व्यवस्था, परीक्षण, क्वारेन्टाइनको व्यवस्था त पालिका र प्रदेशले गर्नुपर्‍यो नि  । 

नाकामा परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनको व्यवस्था नै भएको देखिँदैन नि ?

नाकाबाट छिरेपछि इन्ट्री गर्ने, को कहाँ गयो, के गर्‍यो, त्यो त प्रदेश र पालिकाले हेर्ने हो । कि स्वास्थ्य मन्त्रालयले नै हेर्न पुग्नुपर्ने हो ? मन्त्रालयले विज्ञानमा आधारित भएर बेस्ट प्रोडक्ट दिने हो, नेतृत्व गर्ने हो । त्यसो त स्वास्थ्य मन्त्रालयसँग २६ सय कर्मचारी छन् । अरु पालिका र प्रदेशमा गएका छन् । अनि पालिका र प्रदेशले गर्नु पर्दैन ? हामीले संयोजन गरिरहेका छौँ । प्रदेशमा किन काम भएको छैन भनेर संयोजक तोकेर पठाएका छौँ । यो समयमा प्रदेश, स्थानीय सरकार र राजनीतिक पार्टीबाट सयोग भएको छैन । 

जेठ–असारमा दैनिक ११ हजार पुग्ने प्रक्षेणमाथि विज्ञले प्रश्न उठाएका छन्, के आधारमा प्रक्षेपण गरिएको हो  ?

धेरै मोडेल र फर्मुला छ । फर्मुला अप्लाई गरेर नै प्रक्षेपण गरिएको हो । तर, यो तथ्यांक गलत ठहरियोस् भन्ने छ । त्योभन्दा अगाडि नै कन्ट्रोल गर्न सकियो भने राम्रो हो । कन्ट्रोल गर्न सकिएन भने ११ हजार दैनिक पुग्छन् भनेर प्रक्षेपण गरिएको हो । 

प्रक्षेपण आयो, पूर्वतयारी खोइ त ?

स्वास्थ्य मन्त्रालयको तयारीले मात्र हुन्छ ?  व्यक्तिले केही गर्नु नपर्ने ? मन्त्रालयले गर्न सक्ने सबै गरेको छ । नागरिकको कुनै भूमिका छैन ? अहिले किन लुखुरलुखुर मास्क नलगाई हिँड्नुपर्‍यो ? घरमा बस्यो भने कोरोना आउँछ ? भारतमा देख्नुभएको छ, कस्तो छ ? इटाली, स्पेनको हालत के भयो ?

पूर्वतयारी गर्ने काम सरकारको होइन र ?

मन्त्रालयले के गरेन ? एउटा परीक्षण नहुने ठाउँमा अहिले कति परीक्षण हुन्छ ? आधा घण्टामा रिपोर्ट आउँछ । आईसीयू, भेन्टिलेटर, अक्सिजन सबै व्यवस्थापन गरेको छ । १०औँ हजार बेडको व्यवस्था गरेका छौँ । चुरो कुरामा जानुपर्छ, सरकारको उछितो काडेर मात्र हुनेवाला केही छैन । 

पालिकालाई हरेक व्यक्तिलाई १० वटा मास्क दिन भनेका छौँ । त्यसको भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ । कि मास्क बोकेर स्वास्थ्य मन्त्रालय नै जानुपर्ने हो ? सबै स्वास्थ्य मन्त्रालयले गर्ने हो भने पालिका किन चाहियो ?

भनेपछि अब धेरैको ज्यान जाने स्थिति आयो ?

यस्तै हेलचेक्य्राइँ गरे धेरै मान्छेको डेथ हुन्छ । सरकारले अक्सिजनको व्यवस्था गरेको छ भनेर जथाभावी गर्नु त भएन नि । त्यो हुन नदिन सबैले सोच्नुपर्‍यो । अहिले भ्याक्सिन लगाउने कि मास्क भनेर कसैले सोध्यो भने म मास्क लगाउँछु । भ्याक्सिनले शतप्रतिशत रोक्दैन तर मास्कले शतप्रतिशत रोक्न सक्छ । यो नसोच्ने हो भने मरिन्छ । 

अहिले सिकिस्त संक्रमित धेरै छन्, किन ?

नयाँ भेरियन्टको असर हो । यो छिटो सर्ने दर पनि बढी छ । अहिले धेरैलाई अक्सिजन चाहिने देखिएको छ । 

बालबालिका र युवामा असर किन धेरै देखियो  ? 

नयाँ भेरियन्ट भए पनि पुरानो भए पनि सर्ने विधि एउटै हो । युवाले धेरे भीड गरेर हो । यस पटक युवा जमात बेपर्वाह हिँडे । पोहोर लकडाउन थियो, बालबालिका घरमै थिए, सर्न पाएन । तर, यो वर्ष त्यस्तो भएन । 

पहिलो छालले देखाइसक्यो, अब दोस्रो छालले हामीलाई कहाँ पुर्‍याउँछ त ? 

त्यसको उत्तर मसँग छैन ।  यो नयाँ रोग हो । नयाँ भेरियन्ट आइरहेको छ । यसलाई भ्याक्सिनले कति रोक्न सक्ला भन्ने हो । यो मानव सभ्यता र मानव जातिमाथिकै ठूलो चुनौती हो । कुहाँ पुगिन्छ भन्न सकिने स्थिति नै छैन । 

नियन्त्रण गर्ने भनेको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नै हो । परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसिङ कहिले बढ्छ ?

परीक्षण कन्ट्याक्ट ट्रेसिङ भएन भन्नु भनेको गफ मात्र हो । अस्तिसम्म २ हजार हुन्थ्यो, अहिले १० हजार परीक्षण हुन्छ । जो पायो उसको परीक्षण गर्ने कुरा होइन नि । परीक्षण नगरेको भए कहाँबाट आयो त्यो पोजिटिभ ? गाई कि त्रिशूल गरेर आएको हो कि टेस्ट गरेर ? सरकारले सबै कुराको विचार गर्नुपर्छ । कष्ट पनि हेर्नुपर्छ । जोहो पनि गर्नुपर्छ  । अनि एन्टिजेन परीक्षण बढाएका छौँ । 

हामीले नचाहेको कुरा हो । एक महिनाअगाडि भीडभाड नगरौँ, नत्र लकडाउन गर्नुपर्छ भनेका थियौँ । मान्छेले जथाभावी गरेकाले अब त्यही ठाउँमा पुगिने भयो । 

विज्ञहरू त एन्टिजेन काम छैन भन्छन् नि ?

डलर खाएर बोल्ने विज्ञ धरै छन् । एन्टिजेन राम्रो छ । आधा घण्टामा रिपोर्ट आउँछ । डाक्टर भएका तर पीसीआर एन्टिजेनको खरिदबिक्री गर्ने विज्ञले भनेर केही हुँदैन । 

अबको विकल्क लकडाउन नै हो ?

हामीले नचाहेको कुरा हो । एक महिनाअगाडि भीडभाड नगरौँ, नत्र लकडाउन गर्नुपर्छ भनेका थियौँ । मान्छेले जथाभावी गरेकाले अब त्यही ठाउँमा पुगिने भयो । 

स्वास्थ्यकर्मी नै संक्रमित हुन थाले, अब कसले उपचार गर्छ ?

हो, डाक्टर/नर्स नै संक्रमित हुन थालेका छन् । अब कसरी उपचार गर्ने ? डाक्टर/नर्सको पनि ज्यान हो भनेर बुझ्नुपर्छ । हामीसँग डाक्टर/नर्सको संख्या कम छ । बेडसंख्या थोरै छ । डाक्टर/नर्स हत्केलामा ज्यान राखेर, लडेर काम गरिरहेका छन् । 

अस्पतालहरूले पीपीईको अभाव भयो भन्न थालेका छन् ।  डाक्टर/नर्सका लागि पीपीई किन व्यवस्थापन नगरेको ? 

त्यो त गफ हो । पीपीई र मास्कको अभाव छैन अहिले । २० लाख मास्क त स्टोरमै छ । स्वास्थ्य सामग्री एक महिनाका लागि स्टक छ  । सामानको समस्या छैन । किन्ने प्रक्रिया पनि पाइप लाइनमै छ । बरु व्यवस्थापनमा समस्या हुन सक्ला । 

अब खोप कहिले आउँछ ?

खोप कम उत्पादन भएर नआएको हो ।  विश्वमा  खोप लगाउने  मानिस साढे ५ अर्ब छन् । खोप १ अर्ब पनि बनेको छैन । नेपालले त ल्याएर लगायो पनि । अझै ७५ वटा देशमा खोप पुगेको छैन । खोप ल्याउन जोड गरिरहेका छौँ ।  खोपभन्दा महत्त्वपूर्ण स्वास्थ्यको मापदण्ड हो । यसमा सबै फोकस हुनुपर्छ ।


ताजा खबर