नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

 नेपालमा बैशाख दोस्रो सातादेखि सुरु हुन लागेको नेपाल सुपर लिगको खेलतालिका सार्वजनिक  भएको छ ।

नेपाल सुपर लिगको उद्घाटन खेल बैशाख ११ गते शनिबार हुनेछ । नेपालको पहिलो फुटबल फ्रेञ्चाइज प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीको सामना गर्नेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा हुनेछ ।


नेपाल सुपर लिगले सार्वजनिक गरेको तालिका बमोजिम प्रतियोगिता अवधिभरि २५ खेल हुनेछ । बैशाख ११ गते शनिबारबाट सुरु हुने प्रतियोगिताको उपाधिको खेल जेठ १ गते हुनेछ । लिग चरणको अन्तिम खेल वैशाख २६ गते हुनेछ । वैशाख २८ र २९ गते लिगमा उत्कृष्ट हुने चार टोलिले स्पर्धा गर्नेछ । वैशाख ३० गते एलिमिनेटर खेल हुनेछ ।

लिग चरणको १५ दिनको अवधिमा २१ खेल हुनेछ । प्रतियोगितामा सहभागी सबै सात फ्रेञ्चाइज टोलीले लिग चरणमा छ छ खेल खेल्नेछन् ।


प्रतियोगितामा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, विराटनगर सिटी एफसी, धनगढी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र एफसी चितवन सहभागी हुनेछन् ।

तालिका:


ताजा खबर