थप ५५९ जनामा कोरोना पुष्टि : १३ जनाको मृत्यु

देशभर सोमबार थप ५ सय ५९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

४ हजार ३ सय ७८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४ सय ९६ जना तथा ७ सय २७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६३ जना गरी जम्मा ५ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित अहिलेसम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।यसै गरी आज थप १ सय ३८ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् ।

योसँगै कोरोना सङ्क्रमणबाट निको भई घर फर्किनेको कुल सङ्ख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा ३ हजार ३ सय ६ सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै देशभर सोमबार कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर